Saturday, January 16, 2010

पसले स्कूल को बार्षिक उत्सब कार्यक्रम








पसले नि. मा. वि. का बिधार्थी हरु वार्षिक उत्सब मा नाच गान कार्यक्रम गर्दै .



Thursday, January 14, 2010

मनकामना दर्शन


सम्झनाका पलहरु।

Wednesday, December 9, 2009


hi "काला हाम्रो 1st aniversary को कोसेली स्वोरुप तिमीलाइ उपहार.

Sunday, November 29, 2009

jus laugh

1> Lady:How was the dinner party last night?"

Friend: "well,if the soup had been as warm as the beer, and the beer as cold as the chicken, and the chicken as fat as the hostess, it wouldn't have been so bad".

2> One friend confided to another:"oh, we're happy. of course, once in a while my wife throws things at me.But that doesn't change the situation one bit,because if she hits me, she's happy.And if she misses, I'm happy."

Saturday, August 9, 2008

रुप


प्रकाश अविनाश


श्रीमान्,
विगत दुई महिनादेखि फोन सम्पर्क र मेल पनि नगरी बसेपछि आज अचानक मेरो यो पत्र पाउँदा आश्चर्यमा अवश्य पर्नुभयो होला। के गर्ने ? अवस्था त्यस्तै भएर हो। कुरालाई धेरै नलम्ब्याइकन भन्नुपर्दा म जोसँग यहाँ आएकी थिएँ, उसको भाइको छोराले मलाई मन परायो र रहँदा बस्दा मैले पनि मन पराएँ। विगत दुई महिनादेखि आजका दिनसम्म हामी डेटिङमा छौं र हामी विवाह बन्धनमा बाँधिन मन्जुर भएर विवाह दर्ताको लागि जाँदा मेरो पासपोर्टमा श्रीमति भनेर उल्लेख भएकोले विवाह दर्ता हुन सकेन। त्यसैले यहाँको राजदूतावासको प्रमाणित गरी मैले डिभोर्सको कागज बनाएर पठाएकी छु, कृपया सो काम पूरा गरी हाम्रो छोडपत्र भएको कागज पठाई दिनु भए म आभारी हुने थिएँ। आखिर म तपाईं कै मात्र भएर बस्न सकिनँ। त्यसरी बस्न नसकि सकेपछि तपाईंले यति कुरामा मलाई सहयोग गरिदिनु हुनेछ भन्ने विश्वास लिएकी छु। म नभई सकेपछि पक्कै पनि तपाईंले पनि अर्को विवाह त गर्नु हुन्छ होला नै। तपाईं जागिरे मान्छे, मसँग डिभोर्स नभई अर्को विवाह गर्दा तपाईँलाई पनि जागिरमा पक्कै अप्ठेरो पर्ला, त्यसैले डिभोर्सको कागजात बनाई पठाई आफ्नो समेत बाटो खोल्नु हुनेछ भन्ने विश्वासमा छु।
पत्रको शुरुमा पनि के लेखेर सम्वोधन गर्ने भनेर मलाई द्धिविधा भयो, अरु कसैकी भइसकेकी मान्छेले श्रीमान् कसरी लेख्‍ने ? मैले ज्यादै सोचेर लेखें किनकी श्रीमान् आदरार्थी शब्द पनि त हो।
मैले ठीक निर्णय गरेँ या गरिनँ भनेर तपाईंले मलाई कुनै सल्लाह दिने कोशिस नगर्नु होला किनकी मैले निर्णय गरिसकेँ र अब म तपाईंकी होइन अरु कसैकी भइसकेकी छु। त्यसैले इमेल, फोन गरेर मलाई सल्लाह, सुझाव दिने काम गरेर समय खेर फाल्नु हुनेछैन।

रह्यो कुरा छोराको, निश्चय नै मैले छोरालाई धेरै मिस गरेँ, अब त मैले मेरो भन्ने हैसियत पनि गुमाइसकेकी छु। मैले यहाँ आएर दुई वर्षसम्म आफूले सकेको कमाएर पैसा पठाएँ, निश्चय पनि त्यो पैसाले छोराको पालन पोषणमा सघाउ पुग्यो नै होला। त्यसैले मैले मेरो कोखबाट जन्मेको छोराको लागि आफूले सकेको कर्तव्य पक्कै पूरा गरेँ भनेर सन्तोष लिने ठाउँ पाएकी छु जस्तो लाग्छ। अहिले पनि अलिकति पैसा पठाएकी छु वेस्टर्न युनियन मार्फत्, कोड नम्बर इमेलमा पठाएकी छु। उसको बाँकी जीवनको लागि, उसबाट भविष्यमा मैले कुनै रिटर्न लिन आवश्यक नभएपछि मैले गर्नुपर्ने कर्तव्य हो जस्तो लाग्दैन।
फोन, इमेल गरेर डिभोर्स कागजको लागि पुनः ताकेता गर्न मलाई समय छैन। सायद हजुरलाई पनि छैन होला। त्यसैले मेरो लागि यो अन्तिम काम जति सक्यो छिटो गरी पठाई दिनु हुनेछ।
उहीन्यादी
मेरी श्रीमति नन्दा, जो अमेरिका पुगेपछि न्यादी भएकी छे, ले छोडपत्रको लागि तयार गरेको कागजातसहित कुरियरबाट पठाएको पत्र पढेपछि म छाँगाबाट खसे जस्तो भएको थिएँ। मैले कल्पनासम्म गरेको थिइनँ कि मेरी श्रीमतिले यति सजिलै छोडपत्र मागेर कुइरे श्रीमान बनाउन सक्छे।
मेरो श्रीमति (अहिले पूर्व भन्नु उपयुक्त होला) अमेरिका पुग्नुमा पनि अनौठो र संयोगपूर्ण कथा छ।
दुई वर्षको छोरा बिरामी भएर कान्ति अस्पतालमा जँचाएर हामी औषधि किन्न औषधि पसलभित्र छिरेका थियौँ। डाक्टरले भर्ना गरे राम्रो हुन्छ भन्दा भन्दै हामीले घरमा नै औषधि खुवाउने भनेर औषधि लिएर फर्कन लागेका थियौं। औषधि पसलेले पुर्जा अनुसारको औषधिहरु दिइसकेपछि सोको भुक्तानी गर्न मैले पर्स निकालें। पैसा केही नपुग्ने देखेर एउटै औषधिका तीन चार सिसी मध्ये एउटा मात्र राखेर अरु पछि लिउँला भनेर फर्काई सोही अनुसारको भुक्तानी गरी हामी अलिकति अगाडि बढ्यौं। हाम्रो सबै गतिविधि नियालिरहेका एक विदेशी दम्पतीले हाम्रो नजिक आएर सोधे ‘बच्चालाई के भएको ?’
मैले पनि डाक्टरले भनेकै कुरा भनिदिएँ ‘ माईल्ड न्युमोनिया ‘।
दम्पतीमध्ये श्रीमतिले सोधी ‘अनि औषधि किन नलिएको त ?’
एक्कासी आएको त्यो प्रश्नको उत्तर के दिने मैले सोच्नै सकिनँ। त्यसैले तत्काल उत्तर दिइनँ। अरुअरु कुरा गर्दै हामी अगाडि बढ्यौँ। त्यो हिंडाईमा पनि उनीहरुले हाम्रै बारेमा, छोराको बारेमा सोधिरहे। त्यो छोटो हिंडाईमा नै मेरो श्रीमतिले ती विदेशी महिलासँग कसरी आत्मियता बढाउन सकिन्, मलाई अचम्म लाग्यो। किनभने एकै आग्रहमा हिंडेर करिब आधा घन्टामा पुगिने हाम्रो कोठासम्म जान उनीहरु राजी भए।
साधारण मध्यम परिवारका शिक्षक दम्पती बस्ने काठमाडौंको डेरा। एउटै कोठामा भान्छा, बेड लगायत छरिएका लुगाफाटा अस्तव्यस्त कोठा। तर पनि सहजसित करिब पाँच घन्टा बिताएर अर्को दिन भेट्न आउने वाचा गर्दै बाहिरिए ती विदेशी दम्पत्ति। आई.ए.सम्म पढेकी श्रीमति र एम.ए. गरेको म भएर ती दम्पत्तिले हाम्रो घर परिवार, आम्दानी, खर्च आदिको बारेमा सोधेको उत्तर नलुकाइकन दियौं। उनीहरु गएपछि श्रीमतिले यिनीहरुले पक्कै हामीलाई केही सहयोग गर्छन् भन्ने निस्कर्ष निकाल्दै भनिन् ‘ हजुरलाई अमेरिका लगिदिए त हुन्थ्यो नि’ उनीहरुले मलाई अमेरिका लगिदिएर काठमाडौंमा एउटा घर ठड्याउने सपनासमेत उनले देख्‍न भ्याइन्। मैले भने हाँसेरै टारिदिएँ।
त्यसको पर्सिपल्ट म विद्यालयबाट फर्किंदा उनीहरु समेत मेरै कोठामा रहेछन्। अभिवादनको आदानप्रदान, खाजा साजा खाइसकेपछि अप्रत्याशित रुपमा उनीहरुले मलाई एउटा प्रस्ताव राखे- मेरी श्रीमतिलाई उनीहरुले आफूसँगै लैजाने। म अवाक् भएर श्रीमतितिर हेरें, अप्रत्यासित प्रस्तावले म जति अवाक् थिएँ, उनी त्यति आश्यर्यचकित थिइनन्। मैले बुझेँ म आउनु अगाडि नै उनीहरुबीच कुरा भइसकेको थियो। परिस्थितिलाई मैले बुझेर उत्तर दिन नपाउँदै दम्पती मध्ये महिलाले भनिन् ‘ वहाँ हामीलाई रेखदेख गर्ने, सहयोग गर्ने कोही पनि छैनन्, बिहान बेलुका उनले हामीलाई हेल्प गर्छिन्, हाम्रै परिवार भएर हामीसँगै बस्छिन्, केही घण्टा अर्को ठाउँमा पनि काममा लगाई दिन्छौं। हामीले दिएको समेत प्लस गरेर भएको दुई तीन वर्षको कमाईले यहाँ तिमीहरु राम्रोसँग सेटल गर्न सक्छौ। के तिमी श्रीमतिलाई पठाउन राजी छौ ?
मेरो मुखबाट कुनै वाक्य निस्केन, म अवाक भएँ। मैले केही सोच्नै सकिनँ, के भन्ने के नभन्ने मसँग कुनै आवाज नै थिएन। मैले श्रीमतिको मुख हेरें। उनी मतिरै याचनायुक्त भावमा हेर्दै थिइन्। सायद उनी मेरो स्वीकृतिसूचक जवाफ चाहन्थिन्। तर मेरो मुखबाट केही निस्कनै सकेन। म हर्षित पनि हुन सकिनँ, दुःखी हुन पनि सकिनँ। निशब्द। श्रीमति पनि केही बोलिरहेकी थिइनन्। मेरो चुपचापको अवस्थाले उनीहरु बडा असमन्जसमा परेको अनुभव मैले गरिरहेको थिएँ। उनको सट्टा म जान्छु भन्ने हिम्मत किन पनि गर्न सकिनँ भने कतै मेरो कुराले श्रीमतिको प्रस्ताव पनि नतुहियोस्। हामी सबै चुपचापको स्थिति त्यतिबेला भंग भयो जतिबेला खाटमा सुतिरहेको छोरा रोयो। छोरा रोएको एक छिनसम्म न श्रीमति फुल्याउन गइन् न म गएँ।मैले केही भन्नै पर्ने स्थितिलाई महसुस गरेर बल्लबल्ल आवाज निकालेर भनेँ ‘यहाँहरुले प्रस्ताव राख्‍नु भएकोमा विनम्रतापूर्वक धन्यवाद दिन चाहन्छु। कृपया हामीलाई सल्लाह गर्न चौबिस घन्टाको समय दिनुहोस्।’ उनीहरुले मुखामुख गरे। श्रीमतितिर आँखा लगाएँ, बेखुसीको भाव स्पष्ट देखें। तरै पनि मैले सल्लाह गर्न भनेर समय मागिसकेको थिएँ र उनीहरुको जवाफ पर्खेर बसेको थिएँ।
‘चार दिनपछि हामी फर्किने हो, आज जवाफ दियौ भने मार्केटिङ र टिकटको काम सक्न सजिलो हुन्थ्यो’ दम्पती मध्ये महिलाले भनिन्। म बडो संकटमा थिएँ। काठमाडौंमा डेराको बास, स्कूलको शिक्षकको जागिर , दुई वर्षको दूधे छोरा, यी सबै कसरी म्यानेज गर्ने ? एकै छिनमा सोच्नै सकिनँ। हुन्न भनुँ - हामी जस्ताले जिन्दगी भर जान चाहेर पनि जान नसकिने ठाउँमा जान प्रस्ताव आएको छ। चिनजान भएको भोलिपल्टै उनले कति सजिलैसँग मलाई लगिदिए हुन्थ्यो भन्ने इच्छा जाहेर गरेकी थिइन्, अहिले उनलाई प्रस्ताव आउँदा पनि मैले हुन्छ भन्न सकेको छैन। महिला भएकै कारण उनलाई जान नदिन अन्याय हुँदैन ? निमेष भर मै मेरो मनमा अनेकौं कुराहरु फटाफट आउँदै गरे। मेरो किंकर्तव्यविमुढताको स्थितिले उनीहरु समेत आजित भएको अनुभव मैले गरेँ र मैले एउटा निश्चय गरी मुखमण्डलमा अलि उज्यालोपन ल्याएर भनेँ, ‘उनको मलाई असाध्यै माया लाग्छ , हामी दुई छुट्टिएर बस्नु पर्ने कल्पनाले गर्दा एकछिन मलाई नरमाइलो लागेर केही निश्चय गर्नै सकिनँ, यहाँहरु आमा, बुवा जस्तो मान्छेसँग पठाउन पाउँदा म हर्षित छु। यहाँहरुले हाम्रै लागि केही गर्न लाग्दै हुनुहुन्छ भने म कसरी भो भन्न सक्छु ? उनले यहाँहरुको राम्रो सेवा गरिन् भने हामी पनि त्यहाँ आउन सक्छौं। मैले सल्लाह गर्न समय मागेको उनको इच्छा बुझ्न हो। तर उनको इच्छालाई पनि म जगाउँछु। हुन्छ। उनले यहाँहरुको सेवा राम्रोसँग गर्न सकिन् भने म खुसी हुनेछु,’ झण्डै झण्डै अवरुद्ध हुन खोजेको गला सफा गर्दै मैले भनेँ।
मैले यति भनेपछि दम्पतीमध्ये महिला खुसी देखिइन् भने पुरुष अझै असमन्जस्यमा पुगेको अनुभव गरेँ। सायद उसले मेरो अनुहारको भाव, स्वरको कम्पनको अध्ययन गरिरहेको थियो। मेरी श्रीमतिको अनुहारमा खुसीको भाव झल्के पनि शंकाको भाव अझै थियो।
मेरो स्वीकृतिपछि महिलाले भनिन्, ‘उनीलाई अहिले एकछिनको लागि हामीसँग सपिङ गर्न पठाई दिनसक्छौं ?’ दिनभर स्कूलबाट लखतरान भएर फर्केको बेला अब खाना बनाउने, छोरालाई जाउलो, लिटो बनाएर ख्वाउने जिम्मेवारी अहिल्यैदेखि मेरो काँधमा आएको थियो। तर पनि मैले अरु थप केही भनिनँ र स्वीकृतिसूचक टाउको हल्लाएर श्रीमतितिर हेरेँ, उनी उज्यालिएकी थिइन्।
पौने दश बजेतिर उनी आउँदा छोरालाई लिटो, भात खुवाएर बल्लबल्ल सुताएको थिएँ। एकछिन खुब रोयो। किनकि ऊ सुत्‍ने बेलामा आमाको दूध चुस्दै सुत्थ्यो। त्यो पाएन र रोयो। जब ऊ रुँदा रुँदा सुत्यो अनि मेरो आँखाबाट आँसु झर्‍यो। उ रोएर फकाउँदा मेरो दिमागले केही सोच्नै भ्याएको रहेनछ, जब उ सुत्यो अनि दिमागमा खेलेका थुप्रै कुराले मेरो आँसु झरेको थियो। आमाको दुध चुस्दै खुट्टा फालेर खेल्दै सुत्‍ने उसको रात्रिचर्याको क्रमभंगताको शुरुवात सम्झेर मलाई नरमाइलो लागेको थियो। नियमित समयमा आमाको काख नपाउँदा देखाएको विद्रोही तालको एकोहोरो रुवाईले मेरो मन भाँचिदिएको थियो। मेरो काख र बोतलको दूधको सहाराबाट सुत्‍न अभ्यस्त नहुने हो कि भन्ने चिन्ताले मेरो मन कामेको थियो।दुवै हातमा झोलाको पोको बोकेर उनी उत्साहित भावमा कोठाभित्र छिरेकी थिइन्।
‘छोरा सुत्यो ?’
‘सुत्यो।’
‘दुःख दियो ?’
‘खास दिएन, एक छिन रोयो अनि सुत्यो’ मैले लुकाएँ।
‘भात कति खायो ?’
‘खायो सँधैको जति।’
उनी लुगा फेरेर छोरालाई दूध चुसाउन ढल्केपछि मैले खाना तताएँ। उनि भान्छा कोठामा छिरेपछि म सुत्‍ने कोठामा छिरेँ। उनी हतार-हतार खाएर भाँडा सफा गरी यतै आइन्। मैले कुनै उत्साहबिना झोला खोलेर हेरेँ, उनको लागि लुगाहरु रहेछ। बिना कुनै प्रतिक्रिया जस्ताको तस्तै राखी दिएँ।
एक दुई दिन विदा लिन मिल्छ ?
किन ?
उनीहरुले मलाई लिएर घुम्ने कार्यक्रम बनाएका छन्।
ठीक छ लिउँला। यति भनेर म ओछ्यानमा ढल्केँ।
भान्छाको काम सिध्याएर उनी पनि ओछ्यानमा आइन्। खुट्टामाथि खुट्टा चढाएर मेरो छातिमा टाउको राखी उनी माया देखाउने मूडमा प्रस्तुत भइन्। म भने मनमा अनेक कुरा खेलिरहेकोले कुनै प्रतिक्रिया बिना निःशब्द सुतिरहें। लामो समयसम्म म प्रतिक्रियाविहीन भएपछि उनी अर्को पट्टी फर्किइन। त्यो रातभरी म सुत्‍न सकिन। अर्को पट्टि फर्केर म आँसु झारिरहें उनी पनि अर्को पट्टि फर्केर सुँक्क सुँक्क गरिरहिन्। उनी के सम्झेर रोइन् मलाई थाहा भएन। तर म भने धेरै छोराको भविष्य सम्झेर थोरै उनीसँग लामो समय बिछोडिएर बस्नुपर्ने पीडाले रोइरहेँ। बिहान उठ्दा उनको पनि आँखा रातो भएर सुन्निएको थियो, मेरो पनि आँखा रातो भएर सुन्निएको थियो।
‘म जान्नँ।’ बिहान उठेर हिजो ल्याएका झोलाहरु एकातिर फाल्दै रोष प्रकट गर्ने स्वरमा उनले भनिन्। सायद मेरो रातभरको प्रतिक्रियाविहीन क्रियाकलापले उनको मन पोल्यो। उनको अप्रत्याशित निर्णयले मलाई झस्कायो। न मैले उनलाई चित्त दुख्‍ने कुनै कुरा गरेको थिएँ, न उनी जाने कुरामा बाधा हुने कुनै कुरा गरेको थिएँ। तर पनि उनले एक्कासी त्यस्तो भनिन्।
मैले केही बोलिनँ। उनी आफ्नो नुहाईधुवाईको नित्यकर्ममा लागिन्। म आफ्नो नित्यकर्ममा लागें। चिया पिउने समयमा मैले स्कूलमा फोन गरेर ज्वरो आएको बहाना बनाएर एक दुई दिन स्कूल आउन नसक्ने जानकारी प्रिन्सिपललाई दिएँ। त्यसैगरी उनको स्कूलको प्रिन्सिपललाई पनि ज्वरो कै बहाना बनाई उनी स्कूल आउन नसक्ने जानकारी दिएँ।
मेरो फोन सुनेर बसेकी उनी त्यतिबेलासम्म प्रतिक्रियाविहीन नै थिइन्। तर जब चिया पिइसकियो, उनी गएर छोरासँगै सुतिदिइन्। अब मलाई फसाद पर्‍यो। ती विदेशी दम्पतीले कतिबेला घुम्न जाने भनेका हुन्, कति बजे तयार हुने हो ? मसँग किन रिसाएकी हुन् ? किन सुतेकी हुन ? केही थाहा भएन।
यिनै जिज्ञासा पूरा गर्न उनलाई हल्का झक्झक्याएर सोधें ‘किन सुतेकी ? कुइरेहरुसँग जाने भनेको होइन ? कति बजे हो ? तिम्रै हातले खानासाना बनाइदिए अलि मिठो खान पाइन्थ्यो कि, बनाएर जाउ है।’ अलिकति भावना मिसाएर उनलाई उठाउने प्रयास गरें।
‘म जान्नँ ‘। उनी कोल्टो फर्केर रुँदै रहिछन्। रुन्चे स्वरमा फेरि उही शब्द दोहोर्‍याइन्। म फेरि संकटमा थिएँ। उनलाई जसरी पनि तयार गर्नुपर्ने थियो। अब कसरी तयार पार्ने ? किनकी जेसुकै होस् जस्तोसुकै होस् उनलाई पठाउने निर्णय मैले गरिसकेको थिएँ, तर अब उनले निर्णय फेरेकी थिइन्।
‘ बेलुकाको मेरो प्रतिक्रियाविहीन अवस्थाले गर्दा तिमीले अन्यथा सोचेर मसँग रिसाएकी हौली। हिजो म हर्ष र विस्मात् दुवै स्थितिमा रहेकोले तिमीसँग प्रतिक्रिया साट्ने अवस्थामा नै थिइनँ। हर्ष यस कारण कि हामीले जान भनेर कहिल्यै सोच्न नसक्ने ठाउँमा तिमी जाँदैछौ। तिमीले पक्कै राम्रो गर्छौ र दुई वर्षपछि हामी पनि तिमीसँगै त्यहीं हुन्छौं। त्यतिबेलाको हाम्रो जीवनमा आउने खुसी सबैभन्दा आनन्ददायक हुनेछ भनेर मैले खुसीले आँसु झारेको थिएँ। विष्मात् यस कारण कि एक्लो जिन्दगी, सानो छोरा कसरी हुर्काउने ? फेरि तिमीसँगको लामो विछोड ! विष्मात त छोटो समयको लागि न हो , यो छोटो समय भन्दा दुई वर्षपछि हाम्रो मिलनपछिको हामीले सँगै बिताउने समय लामो भएकोले विष्मात् पानीको फोका जस्तै फुटेर गइहाल्छ भनेर मैले मन दह्रो बनाइसकेको छु। उठ। बेलुकाको अवस्थाको लागि गल्ती भयो, सरी,ल म कान समात्छु ‘। मैले हरसंभव सम्झाउने प्रयत्‍न गर्दै उनीसँग माफी मागेँ। उनी अलिकति चल्बलाइन् तर उठिनन्। केही समय उनको प्रतिक्रिया पर्खने विचारले म कुर्चीमा गएर बसिरहें। म पनि चुपचाप, उनी पनि चुपचाप। करिब आधा घण्टापछि उनले पुलुक्क फर्केर म पट्टि हेरिन्। म उनलाई हेरिरहेको थिएँ। मेरो आँखा रसिलो थियो। उनको पनि आँखा रसिलो थियो। उनको र मेरा आँखा जुध्यो। उनी फेरि कोल्टो फर्किइन्। मैले सम्झें अझै पनि मन पग्लेको रहेनछ।
पाँच मिनेटपछि उनी उठेर आई, गम्लङ्ग अँगालो हालिन्, सुँक्क सुँक्क गरेर मेरो छातिमा आँसुको ढिक्का झार्दै।
विदा हुन बाँकी रहेको तीन दिन हामी ती विदेशीहरुसँगै घुमिरह्यौं। उनी छोरालाई सकेसम्म धेरै समय आफैं बोकिरहन्थिन्, हात समातेर डुलाउँथिन् र मलाई यस्तो भयो भने यस्तो गर्नुस्, यस्तो भयो भने यस्तो गर्नुस भनेर सम्झाइरहन्थिन्। यी तीन दिन छोरालाई एकैछिन नछोडी हामी कहिले हाँस्दै कहिले विछोडिनु पर्ने पीडाले रुँदै बितायौं। उड्ने दिन त हाम्रो आँखा सुक्दै सुकेन।
चुरोटको लामो सर्को तान्दा औंला पोलेपछि झस्याङ्ग भएर म विगतबाट वर्तमानमा फर्कें। न्यादीले भविष्यमा कुनै रिटर्न लिन नपर्ने भएपछि आफ्नो कुनै कर्तव्य नभएको भनी लेखेको छोरालाई शान्तिले च्यापेर सुतेकी छिन्। सुहागरातको दिनमा नै साढे चार वर्षको छोरो पाएकी शान्ति मेरो छोरालाई यसरी च्यापेर सुतेकी थिइन् जसरी दुई वर्ष छ महिना पहिले नन्दाले च्यापेर सुत्थिन्।
छोडपत्रको कागजात पठाएको दुई महिनापछि नन्दाले ‘छोडपत्रको कागजातको लागि धन्यवाद’ मात्र लेखेर पठाएको इमेल पाएँ। त्यसपछिका दिनहरुमा बाँच्नको लागि गर्नु परेको जागिर र छोरा हुर्काउने जिम्मेवारीलाई एक्लै निर्वाह गर्न नसक्ने ठहर गरी विहा गर्ने निर्णयमा पुगेको बेला शान्तिसँग अचानकै परिचय हुन पुगेको थियो। परिचयपछि मैले बढाउन चाहेको घुलमिललाई उनले पनि साथ दिइन्। दुई महिनासम्मको घुलमिलपछि एकदिन बडो साहसपूर्वक उनलाई विवाहको प्रस्ताव राखेको थिएँ। म बस्ने ठाउँको नजिकै बस्ने भएकोले, मैले नन्दालाई किन छोडें भन्ने बाहेक अन्य सबै कुरा थाहा थियो उनलाई र विवाहको प्रस्ताव राखेको दिनमा मैले उनलाई नन्दाले अर्को विवाह गरेकी र हाम्रो डिभोर्स भइसकेको जानकारी दिएँ।
प्रस्तावमा मैले अर्को बच्चा नजन्माउने शर्त समेत राख्‍न छुटाएको थिइनँ।उनी राजी भए पनि बल्ल बल्ल उनको बावु आमालाई मनाउन सफल भएका थियौं हामी। तर बच्चा नजन्माउने हाम्रो सहमति को बारेमा उनीहरुलाई सुँइको समेत दिएनौ। बावु आमाको सहमतिपछि मैले भ्यासेक्टोमी गर्ने प्रस्ताव समेत उनलाई राखें,
‘एउटा छोरा भए त पुगिहाल्यो नि हामीलाई। ‘ उनले कुनै द्धिविधा बिना नै स्वीकार गर्दै भनिन् र भ्यासेक्टोमी गर्ने दिनमा साथी समेत गइन्।
डिभोर्स पति स्वीकार गरेकी कन्या, जसलाई मलाई भन्दा बढी सुहागरातको उत्सुकता, भविष्य बिताउने योजना, वाचा, वचन आदि हुनु पर्ने हो, जुन नन्दासँग सुहागरात व्यतित गर्दा हामीले आपसमा बाँडेका थियौं, केही पनि थिएन। छोरालाई यसरी च्यापेर सुतेकी थिइन्, मानौं उनी वा उनको आफ्नै छोरो आपसमा लामो समयको लागि छुट्टिँदै छन्।
अँध्यारो चकमन्न रातको साढे एक बजेको छ। दिउँसो, उनीसँगको सुहागरातको कल्पनाको बारेमा दिमागमा केही कुरा खेले पनि अहिले म सुहागरातको कल्पनामा डुवेको छैन। किनकी उनले छोरा च्यापेर मस्त निद्रामा सुतेको हेरेरै म आनन्दित छु। सम्पूर्ण पाए जसरी तृप्त छु। नन्दासँग सुहागरातमा गरेका जीवनभर जस्तोसुकै दुःख परे पनि समझदारी र हाँसी खुसीमा बाँच्ने, दुःख सुख बाँड्ने, एउटा मात्र बच्चा छोरा वा छोरी जे भए पनि जन्माउने जस्ता वाचा वन्धन टुटिसकेको छ र वाचा झुटो निस्किसकेको छ। त्यसैले म शान्तिले देखाएको मातृवात्सल्यतालाई भंग गरेर सुहागरातको खेलमा जबर्जस्ती तान्न नसक्ने भएको छु र व्यर्थको वाचा नगर्ने नगराउने निश्चयमा पुगिसकेको छु।
फेरि एउटा चुरोट सल्काएर म सुत्‍ने तर्खरमा छु, नयाँ श्रीमतिसँग सुहागरात बिनाको असिम आनन्दको अनुभूति गर्दै। यही बेला मेरो दिमागमा एउटा प्रश्न उब्जिरहेको छ। आईमाईको यो कस्तो रुप हो ? एउटी , आफूले जन्माएको छोरो, जसलाई भविष्यमा कुनै रिर्टन लिनु नपर्ने भएर सँधैको लागी बिर्सन खोज्दैछे, अर्की आफ्नो मातृत्वको प्राकृतिक अधिकार त्यागेर अर्काको छोरोलाई आफ्नै सम्झेर मातृत्व बगाउँदैछे !