Wednesday, February 27, 2008

मित्र लाई पत्र

प्यारो मित्र ..............मा म दुखी मित्र को तरफ बाट अनगिन्ती सम्झना का कोशेलिहरु .....................मित्र हुन सक्छ तपाईं म देखि धेरै रिसाउनु भयो होला । के गर्नु प्रदेश को ठाउँ यस्तै रहेछ । जती बेला जहाँ जाउ भन्छ जानु पर्दो रहेछ । आफ्नो देश मा बेरोजगारी भएपछी बिदेशिनु पर्‍यो । बिदेशिन त कसलाई नै मन लाग्छ र ? सधैं आफ्नै सङ्गीहरु सग रमाइलो गरी बस्न मन लाग्छ । आफ्नै गाउको पाखा पखेराहरुमा सुशेली बजाउदै हिंड्न मन लाग्छ । तर के गर्नु दिनहरु यसरी नचल्दो रहेछ । केहि गर्नु पर्दो रहेछ र केहि गर्नको लागि केही गुमाउनु पर्दो रहेछ । त्यसैले आज म आफ्नो सङ्गी को माया, पाखा पखेराहरु क माया गुमाउदै परदेशिनु परेको छ । ति हरिय डाडा-काडा, ति पाखा-पखेरुहरु, कल कल निरन्तर बगी रहेको त्यो नदिहरु, छम्-छम गरी झरि रहेका ति झरनाहरु सम्झिदै आज मरभुमि को देशमा आफ्नो पसिना बगाउनु परेको छ । । के गर्नु ति रमाइला पाखा-पखेरुहरु, नदि-नालाहरु र ति झर्नाहरु सम्झदा आँखाबाट आशु बर्षन्छ । हुन सक्छ मित्र आज सम्म मैले जानी न-जानी तपाईं को मुटु माकुनै चोट पुराए होला । यसमा म तपाईं सामु माफ माग्छु र एउटा असल मित्र को नाताले माफ दिन पनि अनुरोध गर्छु । आज म मेरो आफ्नो ब्लगमा केही कुराहरु लेखेको छु । आशा छ हजुर ले पढि दिनुहुने छ भनेर । मलाई थाहा छ मित्र सधैं हासि-हासी कुरा गर्ने साथी एक्कासी बेपत्ता हुँदा मुटु मा कस्तो पिडा हुन्छ भनेर । सधैं कुरा गरी रहेको साथी एक दिन कुरा गर्न नपाउदा र एक पल देख्न नपाउदा कस्तो पिडा हुन्छ , त्यो छेणिक समय पनि कति लामो हुन्छ भनेर र् कति उकुस् - मुकुस् हुन्छ है र त्यो पल बिताउन पनि । अहिले त यो के नै हो र मित्र ? भाविको दिनहरुमा के कस्तो बाधा र अडचनहरु आउने हो र के हुने हो त्यो त देख्न बाकी नै छ । त्यसैले त्यस्तो बाधाहरु आउन नदिनको लागि मित्रता प्रती बिश्वास गर्नु पर्‍यो, मित्र को भावनाहरु बुझिदिनु पर्‍यो र कहिले पनि अबिश्वास मह्सुस् गर्नु भएन । हुन त यो सबै परस्थितीहरु हुने नहुने भनेर भाग्य मा नै लेखेको हुन्छ । भाग्य मा जस्तो लेखेको छ त्यो त भोग्नु नै पर्छ । आज हामी जुन ठाउँ र स्थिती मा छौ त्यो कायमै पनि हुन सक्छ, यो भन्दा बढी नजिकन पनि सक्छौ र पछी गएर आफु-आफुमा अन्जान पनि हुन सक्छौ । तर जस्तो सुकै ठुलै बाधा र अडचनहरु आइ परेता पनि म तपाईं को माया भुल्ने छैन । म तपाईं को माया पाउन ति बाधाहरु सग सामना गर्नेछु । यदि तपाईं ले साथ दिनु भयो भने। यदि जीवन मा तपाईं म देखि टाढा भएपनि म बाट तपाईं प्रती त्यती नै माया हुनेछ जुन अहिले छ । तपाईं को हर पाइलाहरु सफलता को शिखर चुम्न सकुन र तपाईं को जीवन मा मलाई जस्तो कुनै बाधाहरु नआउन भन्ने कामना पनि दिन्छु र दिइरहनेछु । ल त मित्र अरु के नै लेखु र । म बाट तपाईं प्रती कहिले पनि मित्रता को माया कमि हुने छैन र कम पनि नसम्झ्नुस् । म जती नै टाढा भए पनि म बाट त्यती नै माया रही रहने छ र अन्त मा तपाईं को जीवनमा सफलता को लागि भगवानसग बारम्बार प्रथाना गरी रहने छु । उहि तपाईं को दुखी मित्र ...........

बिहे (हरिश कल्पित)

"अमिनाको त कुरो छिनिने भयो नि थाहा पाउनु भो तपाईले -\"असिमा खुशीले प्रफुल्ल हुँदै भन्छे । ए हो र ! कहिले - आर्श्चर्यको भाव ब्यक्त गर्दे रन्जन भन्छ- \"कसले भनेको - तिमीले थाहा पायौ त - \"स्वास्नीको मुखमा पुलुक्क हेछ । - \"आज दिउँसो भाई आ\'थ्यो- उसैले भनेको ।\"\"ए !को संग रहेछ -\"हातको फाइल टेबिलमा फ्यात्त मिल्काई स्वास्नीको मुखमा प्रश्नसूचक दृष्टिले हेछ । अनि सुइयँ गरेर लामो सुस्केरा हाल्दै सोफमा थ्याच्च बस्छ ।असिमा हतारिँदै भान्छा कोठातिर लाग्छे । एक छिनमै एब कप तात्तातो चिया ल्याउँदै भन्छे-\"केटो अमेरिकाबाट भर्खरै आएको रे । त्याहाँको कम्प्युटर इन्जिनीयर रे । अब बिहे गरेपछि यहीँ जागिरर खाएर बस्ने रे यी लिनुस् चिया ।\"रन्जन स्वास्नीको मुखमा पुलुक्क हेछ । अनि मुस्कुराउँदै भन्छ -\"तिम्रो बहिनी त साह्रै भाग्यमानी रहिछिन् कसो - \"स्वास्नीको प्रतिकृया अनुहारमा खोज्न थाल्छ ।-\"भाग्यमानी हैन त - भाग्यमानी नभएको भए त्यत्रो धनी इन्जिनीयर जस्तो केटा कहाँबाट माग्न आउँथ्यो -\"वनावटी रीस पोख्छे ।-\"के तिमीले चाहिँ आफूलाई अभागिनी भन्न खोजेको -\"रन्जन हाँस्दै भन्छ ।-\"के भाग्यमानी त, यसो एउटा ......\"वाक्य बिचमै रोकिन्छ, अनि पुनः संझदै भन्छे -\"के भन्ने, भनेर लाग्ने भए पो, रहरै रहरमा जिन्दगी बित्ने भो ....।\"लामो सुस्केरा छाड्छे । -\"भनन भन । किन रोकिएकी -\"रजन जिस्काउने सुरमा भन्छ ।-\"भयो, भयो ।\"हातको इसाराले लोग्नेतर्फझर्किदै भन्छे -\"तपाईलाई भनेर पार लाग्ने भए पो, जान्छु बरु, भात पकाउन ।\"भान्छा कोठातिर लाग्छिन् । रन्जन हाँस्दै असिमा गएतिर हेरिरहन्छन् ।असिमाको बिहे भएको भर्खरै दुइ बषैमात्र भयो । कलेजबाट दुवैको मनमा प्रेमको मुना पलाएको थियो ।जव कलेज जीवन सकियो तब दुवैले आमा-बाबुको स्वीकृति लिएर प्रणयसुत्रमा बाँधिए र गृहस्थी जीवनमा पदार्पण गरे । रन्जन एक शिछित साधारण परिवारको यूवक, जागिरे, जसो-जसो जीन्दगीको गाडी चलाउन सछम, एक आदर्श लोग्ने ।रातमा असिमालाई निन्द्रा पटक्कै लाग्दैन । बिस्तारै उठ्छ् । सुस्तरी लोग्नेको मुखमा हेर्छ रन्जन मस्तसँग निदाइरहेको हुन्छ । बत्ती बाल्छे, कोठा उज्यालोले नुहाउन पुग्छ । चारैतिर आँखा दौडाउँछे । भित्तामा टाँगिएको बिहेको फोटोमा आँखा ठोकिन पुग्छ । रन्जन र उसको बिहेको फोटो, त्यो पनि उसकी चुलबुली प्यारी बहिनी अमिनाले खिचिदिएकी थिइन् । -\"ल ल, भिनाज्यू ! दिदीलाई अँगालो मान पर्‍यो नि ।\"वरिपरि सबै हा...हा गरेर हाँसे । उनी लाजले राती भइन् । मनमनै भनिन् -\"कस्ती लाज नभएकी मोरी ।\"झन त्यसमाथि दुलाहा रन्जन सालीसँग जिस्किँदै \"लौ यसरी -\"भन्दै उनको नजिक आई अँगालो पो हाले । उनी भने लाजले गर्दा भूइँतिर हेरेर निहुरिरहिन् । -\"अँहँ, दिदी यो त भएन । दिदीको मुखै आउँदैन ।\"अमिनाले झन जिस्किँदै भनिन् । -\"एकचोटि त हेर ।\"रंजनले खुसुक्क कानमा भने । उनले पुलुक्क के क्यामरातिर हेरेकी थिइन्-त्यहीवेला ल्किक गरेर खिचिदिइन ।-\"किन नसुतेकी तिमी, के भयो -\"आधा आँखा उघारेर नजिकै ट्वाल्ल परेर बसिरहेकी स्वास्नीलाई सोध्छ । लोग्नेको आवाजले असिमा झस्किन्छिन् । अतित छताछुल्ल भई पोखिन्छ । -\"खै निन्द्रा लागेन ।\"बिस्तारै जवाफ दिन्छिन् । फेरि निदाउँने प्रयास गर्छिन् । असिमा र अमिना दुइ दिदी बहिनी । उमेरमा दुइ वर्षो मात्र फरक । कलेजको अन्तिम वर्षी छात्रा अमिना बैंसले लवालब भरिएको सौर्न्दर्यकी प्रतिमूर्ति थिइन् । ठूलाठूला चन्चले आँखा, लाम्चो सुलुत्त परेको नाक, पातलो आंेठ, अनारदाना दाँत, बाटुलो अनुहार, गोरो वर्ण्र्ाालामालामा केशराशी, अग्ली, छिनेको कम्मर । शायद भगवानले खुवै मेहनत गरी बनाएको अमिनाको सौर्न्दर्यदेखि कहिलेकाहीँ असिमा समेत इष्र्या गर्न पुग्थिन् ।घरमा आउने जोसुकै पनि अमिनाको सौर्न्दर्य देखी प्रभावित नभई रहन सक्दैनथे । छोरीको प्रशंसामा बाबु-आमा दंग पर्थे । -\"हेर अमुकी आमा, हाम्रो असुलाई त ठूलै घरबाट माग्न नआइकन त दिँदै दिन्न, त्यो पनि डाक्टर, इन्जिनीयर नभइकन त कुरै गर्नू पर्दैन ।\"स्वास्नीको अगाडी घमन्डले फुल्दै बाबु भन्ने गर्थे ।-\"अ, डाक्टर, इन्जिनीयर आएन भने, के छोरीलाई बूढीकन्या बनाएर राख्ने बिचार छ कि कसो - \"हात हल्लाउँदै झर्किदै भन्थिन् ।-\"हेरी राख्न तँ ।\" स्वास्नीलाई आश्वाशन दिदै भविश्यप्रतिको आशावान हुन्थे बाबु । -\"कहिले छोरी बूढी भएपछि - \"त्यत्रो ठाउँबमट माग्न आइसके तर तपाई भने .....।\"वाक्य बिचमै रोकिन्छ ।-\"हैन, केटो असल खान्दानी छ भने भइहाल्यो नि, खै हाम्री असुलाई आनन्दैछ । भन्या जस्तो लोग्ने छ । तपाई भने खाली .......खै, कतिसम्म छोरीलार्इर्र्घरमा राख्ने हो कुन्नि, केहि थाहा छैन ।\"दिक्क मान्दै भन्छिन् असरकी आमा ।-\"हतार नगर्न तँ, के बित्या छ - हेर न, छोरीको बिहे म धुमधामसंग गर्छु\"बाबु प्राय भन्ने गर्थे । आज घरमा निकै रमझम छ । पूरै घरलाई झिलीमिली बत्तीले दुलही झैं सिंगारिएको छ । मानिसहरु राम्रा-राम्रा लुगा लगाई आहोर-दोहोर गरिरहेका छन् । अत्तरको सुगन्धले वातावरणमा मिठास भरिदिएको छ । असिमालाई सास फेनसमेत फूसत छैन । घर नगिचै जग्गे लगाइएको छ ।-\"दिदी !आमालाई बोलाई दिनुस् न ।\"तलबाट भाइले आवाज दिन्छ । असिमा हत्पतिँदै माथी पुग्छे । बैठबमा पुगेपछि केटिहरु हाँसेको आवाज आउँछ । आवाज भएतिर तानिँदै जान्छे । भित्री कोठाको ढोकमा पुग्छे । सुस्तरी ढोकाको कापबाट चियाउछे । साथीहरुको माझमा आज उसकी प्यारी बहिनी अमिना ताराहरुको बिचमा चन्द्रमाझैं खुलेकी देखिन्छे । बहिनीको रुप लावण्य देखेर ऊ मोहित हुन्छे ।-\"भित्र आउनुस् न दिदी ।\"अमिना मायालु स्वरमा बोलाउँछे ।-\"हँ ! ऊ झस्किन्छे । बिस्तारै भित्र आउँछे । सबै उसलाई हेरिरहेका हुन्छन् । ऊ नगिचै पुग्छे । आँखाभरी अथाह माया उम्लिएर आउँछ । बहिनीको चिउडो समाती बिस्तारै उठाउँदै भन्छे -\"तँ साह्रै भाग्यमानी छेस् अमु ।\"टाढा बैंड बाजा बजेको सुनिन्छ । आवाज क्रमशः नगीच हुँदै आउँछ । ऊ हतारिँदै बार्दलीमा आउँछे । कारबाट दुलाहा उत्रन्छ । कालो रंगको सुट, सेतो कमीज, रातो र्टाईमा सुसज्जित दूबोको माला, निधारमा रातो टिका,खवटे अनुहार, कालो वर्ण्र्ाा ऊ दुलाहाको अङ्ग-अङ्ग नियाल्न पुग्छे ।-\"त्यति राम्रो त छैन रै\'छ, फोटोमा त कति राम्रो देख्या\'थ्यो,\" मनमनै भन्छे । \"उहुँ अमुलाई त पटक्कै सुहाउदैन । तर......करोडपति बाबुको छोरो, अमेरिकाबाट इन्जिनीयर भएर आएको, राम्रो किन चाहियो र लोग्ने मान्छे - गुण र धन भए त पुगिहाल्यो नि ।\"कार, बङ्गला, पmीज, टिभी र डेक उसका आँखा अगाडी नाच्न थाल्छन् ।\"रन्जन त धेरै राम्रो, अग्लो लायकको, हँसिलो अनुहार । हेरिरहुँ जस्तो । असल बानी-ब्यहोरा।\"असन्तुष्ट मनलाई सान्त्वना दिन्छे -\"यसको बानी-ब्यहोरा कस्तो होला । अमेरीकामा बसेको मान्छे कहीँ बढी स्वच्छन्द त छैन -\"मनमनै सशंकित हुन्छे -\"आ˜˜˜ पैसा प्रशस्त भएपछि त सुख पाइहाल्छे नि । अब मेरी बहिनी पनि करोडपति हुने भई । आफू भने जाबो एउटा......\"बहिनीप्रति मनमनै इष्र्याको मुना पलाउँछ । -\"हैन, त,यहाँ के गर्न लाग्या हँ - \"आमाको आवाजले कल्पनाबाट बिउँझिन्छे ।-\"के भो आमा -\"असिमा आमातर्फप्रश्नसूचक दृष्टि फ्याँक्छे । -\"बहिनीलाई तल लिएर आइज, स्वयम्बरको बेला भो रे ।\"भन्दै जवाफको प्रतीछा वेगर हतारिदै आमा तल ओर्लिहाल्छन् ।-\"हस् आमा ।\"टाउको हल्लाउदै उनी बैठक कोठाभित्र पस्छिन् । भोलिपल्ट दुलही अन्माएर पठाउने बेलामा रुवाबासी चल्छ । अमिनाको त रुँदारुँदा आँखै सुन्निसक्यो । आमाको त्यस्तै हाल छ । असिमा पनि मनलाई सम्हाल्न सक्दिन बहिनीलाई अँगालेर रुन्छे ।आँखाभरि आँसु राखी छोरीलाई अन्म्ााई गाडीमा राख्छन् । आँआबाट आँसुको भल बग्छ । आँसु पुछ्दै बाबु आमा छोरीतिर हेरिरहन्छन् । गाडी बिस्तारै बाजाको पछि-पछि लाग्छ । आँखाभरि आँसु राखी सबैजना गाडी ओझेल नभएसम्म गाडी गएतिर हेरिरहन्छन् । दिन, हप्ता, महिना गर्दै वर्षदिन पनि बित्छ । समयलाई रोक्न नै कसले सक्छ र - असिमा हुरिदै कोठा भित्र पस्छे । फ्यात्त ब्याग टेबिलमा मिल्काई खाटमा डङ्रङ्ग पल्टिन्छे । लामो निःश्वास छोड्छे । आँखाहरु चारैतिर भित्तामा दौडाउँछे । आँखामा आँसु टम्म भरिएर आउँछ । उसको नजर उहि बिहेको तस्वीरमा गएर स्थिर हुन्छ । आँसुले गर्दा नजर धमिलिन्छ । जुरुक्क उठ्छे । तस्वीरलाई नियाल्छे । साडीको सप्कोले सफासंग पुस्छे । बिहेको फोटो, जुन अमुले खिचिदिएकी थिइन् । एकाएक तस्वीरमा अमुलाई देख्छे ।सुकोमल अनुहार, ठूलाठूला चन्चले आँखा, पातला आंेठ, अचानक परिवर्तित हुन थाल्छन् । उडेको अनुहार, डरले कामेको ओठ, त्रसित आँखा......।-\"अमु तलाई केहि हुन्न । \"एक्कासि चिच्याउछे । दुइ थोपा आँसु तुरुक्क चुहिन्छ । बिस्तारै आँसु पुस्छे । तस्वीरलाई पहिलेकै ठाउँमा राख्छे । टेबिलबाट गिलास उर्ठाई घट्घट् पानी पिउँछे । आज उसलाई केहि पनि गर्न मन लाग्दैन । घडी हेर्छ भर्खर चार बजेको छ । रन्जन फर्किन पनि अझै दुइ घन्टा बाकी छ ।कहाली लागेर आउछ । फेरि विछौंनामा पल्टिन्छे । आँखा दलिनको त्यो भागमा स्थिर हुन्छ, जहाँ माउसुलीले बिस्तारै एउटा पुतलीलाई ताकेर बसेको हुन्छ । सास नफेरी हेरिरहन्छे । माउसुलीले बिस्तारै घ्रि्रेर च्याप्प समात्छ, पुतली उम्कनको लागि फडफडाउँछ, तर......उनको अगाडी बिहानका दृश्यहरु एकपछि अर्का गर्दे चलचित्रका भाँती नाच्न थाल्छन् । -\"के गर्नू नानी, हाम्रो त कर्मै फुटेको रहेछ ।\"आँखाभरि आँसु राखी आमा भन्दैहुनुहुथ्यो ।-\"हैन आमा के भन्नु भएको - अलि शंकापूवृक सोध्छे । आमा केही भन्न नसकी आँखाबाट बरबर आँसु खसाली रुन थाल्छिन् । अनि आर्श्चर्यचकित भावले ऊ बाबुको अनुहार केलाउन थाल्छे । बाबुको मलीन अनुहार, आँखा शुन्यमा हेरिरहन्छन् । आफ्नो प्रश्नको उत्तर नपाएपछि ऊ जुरुक्क उठेर आमाको नगीचै बस्न जान्छे । आमाको आँसु पुछ्दै पुनः बाबुतिर फर्किई भन्छे-\"हैन् आखिर के भयो - तपाईहरु मलाई केही भन्न चाहनुहुन्न -\"अलि आवेशमा आँउछे । -\"भिनाजुलाई एड्स लाग्या रै\'छ ।\"नगिचै बसिरहेको सानो भाइ कुरा ओकल्छ । ऊ बिस्फरित नजर भाईतिर फ्याँक्छे भाइ पुनः भन्छ -\"अस्ति भिनाज्यूलाई र्टाईफइडको शंका गरेर उहाँको ब्लड टेष्ट गराउँदा डाक्टरले अमुदीलाई भनेको रे ।\"-\"तर डाक्टरको गल्ती पनि त हुनसक्छ -\"असिमा बाबुतिर फर्किदै प्रश्न गर्छ -\"हामीले दुइ/तीन ठाउँमा चेक गराइसक्यौं । सवैतिर उहि रिपोर्ट छ । त्यतिमात्र हैन हामीले अमुको पनि चेक गर्राई सक्यौ । अमुलाई पनि एड्स सरिसकेछ । .......अब छोरी दिंदा केटाको परिवार, सम्पति वा उच्च शिछाको प्रमाण-पत्र हाृइन, रक्त परिछणको रिपोर्ट हेर्नू पर्ने जमाना आएछ .....।\"-\"अमु काहाँ छे अहिले -\"-\"भित्र कोठामा ।\"भाइले जवाफ दिन्छ ।ऊ दौडिदै जान्छे । ढोकामा पुगेर टक्क अडिन्छे । बिस्तारै ढोका ठेल्छे । छेस्किनी नलगाएको हुनाले ढोका बिस्तारै उघ्रन्छ । फुङ्ग उडेर पँहेलिएको अनुहारमा चारैतिर फैलिएको केश, त्रसित आँखा, पत्थरको मूर्ति झै खाटमा अचल भै बसेकी अमिनावाट पहिलेको चंचलता, निश्छल सौर्न्दर्य धेरै पर भागिसकेको हुन्छ । दिदीको उपस्थितिबाट अनभिज्ञ अमिना अझै पनि एकनासले टोल्हाएर बसेकी हुन्छे । ऊ बिस्तारै पाइला बढाउँछे । नगिचै गई दुवै हातले वहिनीको गाला सुम्सुम्याउँदै भन्छे -\"अमु तलाई के भयो -\"अमिना बिस्तारै चल्मलाउँछे । दिदीको हातलाई समाउँदै झिनो श्वरमा भन्छे -\"दिदी यो के भयो - आँखाबाट बलिन्द्र आँसुको भेल बग्छ । यो देखेर उसको मुटुमा भक्कानो फुट्छ । -\"तँलाई केही हुन्न अमु, केही हुन्न ।\"रुन्चे श्वरमा भूठो आश्वाशन दिँदै, बहिनीलाई अँगाल्दै रुन्छे । -\"लौ अब तिम्रो इच्छा पनि पुरा हुने भो । बाहिरैदेखि कराउदै रंजन भित्र पस्छ । असिमा अतीतबाट वर्तमानमा आईपुग्छे । हतपत ओछ्यानबाट उठ्छे । आँखाको आँसु पुस्छे । स्वस्नीको त्यो रुन्चेअनुहार देखि रन्जन जिल्ल पर्छ मनमा अनेकौ शंका मडारिनथाल्छन् । केह पिहिलेको जस्तो भयो कि - डाक्टरले केहि भन्यो कि, हैन हैन, त्यो हुनै सक्तैन । मनमनै बिश्वस्त हुन्छ । -\"यो कहाँ राखुँ सा\'ब । \"भरियाको आवाजले रन्जन पछिल्तिर फर्की हातले औल्याउँदै राख्ने ठाउँ देखाइदिन्छन् । भरिया ज्याला लिई बाहिर निस्कन्छ । असिमा अझै पनि कुनै उत्सुकता नदेखाई पहिलेकै ठाउँमा बसिरहन्छे । रन्जन स्वास्नीको नजिकै जान्छ र उनको चिउँडो उर्ठाई स्नेहका साथ सोध्छ -\"असु !हे भयो तिमीलाई, किन उदाश छ्यौ - आँखाहरु रोएका जस्ताछन् । के भयो - कहीँ डाक्टरले पहिले झैं ........-\"वाक्य बिचमै अड्कन्छ । एकछिन पछि पुनः भन्छ,-\"भयो मलाई बच्चा-सच्चा चाहिँदैन । तर तिम्रो यो उदास अनुहार हेन सक्दिन ।\"लाग्नेको माया देखी तिनी पग्लिएर पानी-पानी हुन्छिन् । निहुरिएर मसिनो स्वरमा भन्छिन् -\"यसपाली केहि खतरा छैन रे ।\"-\"अब तिम्रो टि भि हेर्ने इच्छा पनि पूरा भयो । अबमलाई त करकर गर्न पाउँदिनौ ।\"रन्जन हर्षे बिभोर हुँदै भन्छ र स्वास्नीको प्रतिकृया बुझ्न खोज्छ ।असिमा बिस्तारै मुन्टो उठाउँछिन् । लोग्नेको अनुहार हेर्छिन् । आँखाभरि आँसु टम्म भरिएर आउँछ । लोग्नेको छातीमा मुन्टो ठड्याई सुकसुकाउँदै भन्छिन-\"मलाई टि भि सिबि चाहिदैन । मेरो बिश्वासको बलि नचढाउनु होस् त्यति भए पुग्छ ।\"रन्जन अचम्म पर्दे भर्खरै भरियाले राखेर गएको नयाँ टि.भि. मा टोल्हाएर हेरिरहन्छ ।
NOTE :- मैले अफुलाई मन परेको लेख रचना हरु लाई,अफुलाई सजिलो सँग उपलब्ध होस भन्ने हेतुले मेरो यो तुच्छ ब्लग मा समेटेको हुँ ।कृपया अन्नेथा न ठानी दीनु होला ।

Tuesday, February 26, 2008

स्वतन्त्रता





भागीरथी श्रेष्ठ
सुजनस“ग बिहे हुने पक्कापक्की भएपछि सोचे“, म जीवनको महत्त्वपर्ूण्ा र पर्ूण्ा आयामतिर अवतरति हु“दैछु । नया“ फूलझै“ फक्रिएर नया“ फूलबारीमा फुल्न जा“दैछु नितान्त नया“ सुवास लिएर ।
इन्गेजमेन्ट भएको चौथो दिन सुजन मकहा“ आउ“दै थिए, उनी आउने खबर फोनबाट सुनेपछि मनमा मनमोहक र रमणीय अनुभूतिको संसार उघ्रिएको थियो । त्यो संसारमा मैले देेखे“, जीवनका सात खुसीयाली र भावनात्मक रुमानी तीव्रता । उनको आवाजको र्स्पर्श प्रतिध्वनित भइरह्यो मेरो मनको उज्यालो र मुस्कानयुक्त आकाशभर िर मेरो घरको परविेशभर ि। यस्तो लाग्यो मानौ“, उनको आवाज मात्र होइन, उनको शरीर नै सुखद उपस्थित भएको छ, यहा“ र्सवत्र जही“तही“ । सा“च्चै सुजन घर आउनु मेरा लागि बेग्लैखालको मीठो स्वाद र नया“ गन्धको अनुभूति थियो पहिलोपल्ट ।
बुबाआमाहरू काम विशेषले गाउ“तिर इन्गेजमेन्ट भएको भोलिपल्टै लाग्नु भयो । घरमा म, काम गर्ने केटी र भाइ थियौ“ । सुजनका लागि आफ्नै हातले मीठामीठा परकिारहरू बनाउन थाले“, तन्मयभावले । सम्भवतः आजको दिन मेरा लागि सबैभन्दा प्रिय, सुन्दर, आत्मीय, रोचक र सुखद दिन होला ।
आफूलाई विभिन्न खुसीका रङ्गहरूमा चोबल्दै सुजनको प्रतीक्षा गर्न थाले“, घरघिर िझ्याल र बरन्डाबाट बाटोतिर हर्ेर्दै । सुजन मोटरसाइकल घन्काउ“दै आएर मेरो का“धमा हल्का अ“गालो मार्दै 'कस्तो छ आभा -' भनेर मुस्कुराउ“दै सोध्दा मेरो तनमनमा एउटा मीठो झङ्कार छुटेको थियो । लाग्यो, उनको अ“गालोबाट निस्केको त्यो अनौठो, रहस्यमय र स्नेहयुक्त र्स्पर्शले कल्पनातीत आकाशमा कुनै पक्षीझै“ बा“कटे हान्दै उडिरहेछु । हामी जाडोको न्यानो घाममा गफ गर्दै नास्ता खा“दै टीभी हर्ेर्दै रमाउन थाल्यौ“ बैठक कोठामा । बैठक कोठाको वातावरण अत्यन्त रोमाञ्चक थियो ।
अनुभूतिका विभिन्न सुखद र माधर्ुय शृङ्खलाहरू थिए मनभित्र । लाग्यो, बैठक कोठाले पनि सुजनको उपस्थितिलाई स्वागत गर्दै उत्सव मनाइरहेछ । १३ वर्षी तारा बेलाबेला झुल्क्याउन आउ“थी कोठामा, आ“खा तरेर पठाउ“थ“े । मनले कामना गर्‍यो, आजको रमझम र कौतूहलपर्ूण्ा दिन यसरी नै लम्बिरहोस्, रात नपरोस् । अन्धकार नखसोस् । खुसीयालीको माला टा“गिइरहोस् यो कोठाभर ि।
ऊ अर्थशास्त्रको प्रोफेसर, युनिभर्सिटीमा पढाउने बौद्धिक व्यक्तित्व । आफ्नै मिहिनेतले आफ्नो पहिचान बनाएको आमा र एउटी बहिनीसहित सानो परविार । आमाबुबाले मन पराएको मान्छे । एउटी शिक्षित युवतीले बाह्य रूपमा चाहने कुराहरू यिनै थिए ।
सुजनले बिदा भएर जाने बेलामा भने, "आभा तिमीस“ग आफ्ना व्यक्तिगत कुराहरू धेरै गर्नुछ, एकदिन घुम्न जा“दा भनु“ला है †"
सुजनको त्यस दिनदेखि घर आउने क्रम निरन्तर भयो । उनको नियमित आगमनस“गै उनले आफ्नो स्वभाव पनि उदाङ्ग पार्दै गए । बेलाकुबेला आउने, फोन गर्ने, कहिले फोनै नगरीकन आउने, आफ्नै आत्मप्रशंसाका कुराहरू गर्ने । मस“ग पनि चाहिने-नचाहिने अनेक प्रश्नहरू गर्ने र भन्न नसक्दा खिसी गर्थे । भन्थे, "तिमीमा आउट नलेज छैन रहेछ, किताबी ज्ञान भएर मात्र पुग्दैन, सबै कुराहरू जान्नर्ुपर्छ, बुझ्नर्ुपर्छ, बुझ्यौ †"
उनका वाहियात टिप्पणीहरूले अपमानित अनुभव गरे पनि म बोल्दिनथे“ मात्र छक्क पथर्ंर्ेे सशङ्कित हुन्थे“ । इन्गेजमेन्टको डोरीले मलाई र मेरो भावनालाई बा“धिदिएको थियो टमक्क कसेर । म बोल्न सक्तिनथ“े त्यो डोरी चु“डाएर । बाबुआमाको चाहना र इज्जतले सधै“ खबरदारी गथ्र्यो मलाई । सुजनका कतिपय विचार, स्वभाव र व्यवहार चित्त नबुझे पनि प्रस्ट भन्न सक्तिनथे“ म । भित्रभित्र नैराश्य र अनास्थाको प्रहारले जलिरहन्थे“, टुक्रिरहन्थे“ म । सबै व्यवहार मन मारेर नै गररिहन्थे“ म । धेरै फोन आउ“दा न छैन भन्न नै सक्थे“, न त उनी आउ“दा लुक्न नै । लाग्थ्यो, म त गन्तव्यहीन दिशातिर जा“दैछु, जहा“ विश्वासको उज्यालो छैन । अज्ञात दुष्चिन्ताले मनलाई गा“ज्न थालेको थियो । म अज्ञात आशङ्काले गल्दै थिए“ । यी सब असन्तुष्टिहरू बुबाआमास“ग भन्ने आ“ट पनि थिएन ममा ।
एकदिन उनले शनिबार घुम्न जाने प्रस्ताव राखे । उनीहरूस“ग घुम्न जाने कुरामा त्यति धेरै उत्साह र खुसी नभए पनि मनमा कही“कतै आशा थियो, कुनै पनि क्षण भरोसा गर्ने लायकको क्षण आउला कि भन्ने † अफसोच † आजसम्म मेरो अनुकूल र आदर्शको कुनै पनि लक्षण सुजनमा भेटेकी थिइन“ । जेहोस्, उनीस“ग घुम्न जाने मनसाय बनाए“ ।
उनले मलाई लिन आएपछि सोधे“, "आभा पहिले कहा“ घुम्न जाने -" मैले भने“, "खाना खाएका छैनौ“ पहिले पशुपतिनाथको दर्शन गरौ“ न † धेरै दिन भयो दर्शन गर्न पनि जान पाएकी छैन ।" एक्कासि सुजनले अट्टहास गरे र भने, "फिल्म हर्ेन जाने भन्छौ होला भन्ठानेको त मन्दिर पो जाने भन्छौ । भक्तिनी पो रहिछौ । म त पर्ूण्ा नास्तिक मान्छे । कर्मप्रति विश्वास छ, मर्ूर्तिको भगवान्प्रति होइन । मलाई ढुङ्गाको देवतामाथि कुनै आस्था र विश्वास छैन । घरमा मेरी आमा र बहिनीलाई त पूजा गर्न दिन्न“ । घरमा कुनै भगवान्को फोटो र मर्ूर्ति पनि छैन । मन्दिरमा पनि कहिल्यै जान्न“ । भगवान् भनेको त एउटा भ्रम हो, कल्पनाको स्वरूप हो । पण्डितहरूले आफ्नो आजीविकाका लागि रचेको जालझेलको नाटक हो । मन्दिर-सन्दिर जाने कुरा छोड, पहिले रेस्टरा“मा गएर खाने । धेरै कुराहरू गर्नुछ । म त कडा पो छु, मैले भनेको त मान्नर्ैपर्छ ।"
उनको कुरा सुनेर म नराम्री आतङ्कित भए“ । उनको अशिष्टता, अभद्रता र जिद्दीपनले अतिक्रमण गर्दै थिए । उफ † म के सुन्दैछु सुजनबाट - विचित्रकै स्वभावका रहेछन् । यस्तो जिद्दीवालस“ग के जीवन बिताउन सकिएला र - उनको भगवान्प्रतिको नकारात्मक टिप्पणीहरू सुनेर म त खन्द्रयाङ्खुन्द्रुङ भए“ । यस्तो नास्तिकस“ग कसरी कुरा मिल्छ - म पर्ूण्ा आस्तिक नारी । भगवान् छ त मान्छेको अस्तित्व छ, भगवान्को अस्तित्व छैन भने मान्छेको अस्तित्व कसरी सम्भव छ - मान्छेको अस्तित्व हुनु नै भगवान् हुनुको ठोस प्रमाण हो । कसैको भावना र आस्थाको केन्द्रमा आक्रमण गर्नु के जायज हो † बल र करले मान्छेलाई आफ्नो आस्थाबाट पन्छाए पनि उसको भावनात्मक परविर्तन गर्न संसारको कुनै शक्तिले सक्दैन । मनमा रन्को छुटेर आयो तर सबै पिइरहे“ ।
कस्तो घमण्डी मान्छे † कति अहम्वादी मान्छे †† कति आत्मप्रपञ्ची मान्छे ††† अर्काको भावनालाई सम्मान गर्नुपर्छ भन्ने पटक्कै नबुझेको । मनमा बाक्लि“दै गए उनीप्रतिका वितृष्णा र अनास्थाका बादलहरू । उनीस“ग रेस्टुरा“मा गएर खाने इच्छा मरे पनि तत्कालै कुनै प्रतिक्रिया देखाइन“ । लाग्यो, अब मैले गहिरएिर सोच्नर्ुपर्छ । अझै खोतल्दै जानर्ुपर्छ उनका अन्तरकुन्तरहरू । मनमा औडाहा छुटे पनि उनीस“ग मोटरबाइकमा बसेर किङ्सवेको नाङ्लो रेस्टुरा“मा गयौ“, लाग्यो म र मेरो मन चट्टानमा ठोक्कि“दै टुक्रिएर छर“िदैछ । रेस्टुरा“मा खाना खा“दै उनले भने, "घरमा त मेरै रुचि अनुसार खाना बनाइन्छ, सबै कुराहरू मेरै निर्देशन र इच्छा अनुसार चल्छ । मेरो इच्छाविरुद्ध घरमा केही काम हु“दैन ।" रेस्टुरा“मा आफ्नै इच्छा अनुसार खाना अर्डर गरेका थिए उनले ।
परविारमा आफ्नो मात्र कुराहरू सही हुन्छन् भन्ने कुरा कसरी सोच्न सकेका - सबैका आ-आफ्ना रुचि र मूल्यहरू हुन्छन् नै † उनका कुराहरू मेरो स्वभावका लागि आगोको रा“कोजस्तै प्रतीत भयो । कुन युगको मान्छे हो सुजन - चाहनालाई पनि बुझ्नर्ुपर्छ भन्ने थाहा छैन - कति अप्ठ्यारो र जटिल मान्छे । कति जबरजस्त मुढ मान्छे । खाना खाइसकेपछि सुजनले आफ्ना जीवनका अनावश्यक सर्न्दर्भहरू र घटनाहरू ओकल्न थाले, जुन कुरा सुन्न चाहन्नथे“ म ।
"हेर आभा † मजस्तो योग्य लोग्ने पाएकामा तिमी त भाग्यमानी रहिछौ । बिहे हुनुभन्दा पहिला म आफ्ना जीवनका दुःखद भोगाइहरू बा“ड्न चाहन्छु । यो स्थानसम्म आफूलाई ल्याउन मैले जीवनका सुरुआती दिनमा धेरै दुःखका ज“घारहरू तर्नुपर्‍यो । मेरा बुबा रक्सीमै डुबेर गैरजिम्मेवार भएर चा“डै बित्नुभयो । आमाले ट्युसन पढाएर मलाई र बहिनीलाई हर्ुकाउनुभयो । आमालाई म मान्छु । मैले पनि ट्युसन पढाउ“दै एमएमा प्रथम श्रेणीमा उत्तर्ीण्ा भए“ । आफ्नै मिहिनेतले र प्रतिभाले युनिभर्सिटीको लेक्चरर भए“ । घर बनाए“ । तर, आजसम्म गतिलो घडी र गतिलो सुट लगाएको छैन । यो भन्नुको अर्थ मैले दाइजोको लोभ अथवा 'डिमान्ड' गरेको होइन । ससुरालीको लोभ पनि होइन । मैले आफ्नो स्थिति मात्र बताएको हु“ । त्यसो त तिमी पनि सम्पन्न परविारकी एउटी छोरी हौ नि † ग्य्राजुएट गरेकी छौ । नोकरी गछ्र्यौ । अ“ तिमीलाई अर्को कुरा पनि भन्छु, मलाई फजुल खर्च मन पर्दैन, हिसाब-किताब गरेर खर्च गर्छर्ुु बिहे हुनुभन्दा अघि सबै कुरा तिमीलाई जानकारी दिन मन लाग्यो ।"
सुजनको कुरा सुन्दासुन्दा म त अर्कै किनारामा पो पुगेछु, उनीबाट टाढा, निकै टाढा । उनको कुराले मात्र होइन, सामीप्यले पनि रनाहामा परे“ म । न त मैले उनमा जीवनको सुगन्ध नै भेटाए“ । न त जिउने सुन्दर कला नै । आफ्नो पुरुषत्वको एउटा गौरवमय अस्तित्व पटक्कै छैन उनमा । अप्रत्यक्ष लोभका प्रतिविम्बहरू मैमत्तेपनका आभासहरू मात्र छन् । उनले आफ्नो मर्यादा र शिष्टताका सीमारेखाहरू सुरुदेखि खोस्र“दै गएर अन्त्यमा पर्ूण्ारूपमा भत्काए ।
मेरो चाहनाको कुनै पनि रङ्गस“ग उनको रङ्ग मिलेन । म सम्पर्ूण्ा रूपले उनको जीवनबाट किनारा लागे“ । सोचे“ आफ्नो मनले नखाएको व्यक्तिस“ग बिहे गर्नु पनि आफ्नै अपमान हो, आफूलाई गलत दिशातिर डोर्‍याउनु हो ।
यो क्षण मेरा लागि आपतकालीन क्षण थियो ।
सोच“े, मैले आफ्नो हृदयको आवाज सुन्नर्ुपर्छ, सुनाउनर्ुपर्छ । गम्भीर, स्पष्ट, दृश र विनम्र भएर भने“, "आजसम्म तपाईंका विचारहरू सुन्दै आएकी छु । मलाई लागिरहेछ, तपाईंको कुरा सुन्द सुन्दा म तपार्इंको विचारको कैदी बन्दै गइरहेकी छु । मेरो निजत्व र अस्मितामाथि आक्रमण हु“दैछ । तपाईंप्रति मेरो कुनै द्वेष र गुनासो छैन । मलाई माफ गर्नुहोला † म तपाईंस“ग बिहे गर्न अर्समर्थ छु । म आफ्नो यति विचार भन्छु, म कसैको यति सङ्कुचित इसारा र बन्धनमा बस्ने स्वास्नीमान्छे होइन । मेरो यो आफ्नो अन्तिम निर्ण्र्ााहो । बदल्न सक्तिन“ ।"
मैले वरपिर िकसैको कुरा पनि सुनिन“, कसैलाई देखिन“ पनि । मभित्र खै कस्तो शक्तिको स्रोत बग्दै थियो कुन्नि, मेरो आवाज मात्र गुन्जिरह्यो मभित्र । मेरो शक्तिले उठाइरहेको थियो मलाई । सुजन थिए स्तब्ध, अवाक् र मौन । म काउन्टरमा गएर पैसा तिरेर बाहिर आए“ । फर्केर पनि हेरनि“, न त सुजन नै मलाई रोक्न आउन सके । मेरो जीवनको गहु्र“गो र अरूचिपर्ूण्ा नाटकको पटाक्ष्ँेप भएको थियो । म अब बिलकुल सुजनबाट स्वतन्त्र र मुक्त भएकी थिए“ । म आफ्नो विचारका लागि मुक्त भएको थिए“ ।
NOTE :- मैले अफुलाई मन परेको लेख रचना हरु लाई,अफुलाई सजिलो सँग उपलब्ध होस भन्ने हेतुले मेरो यो तुच्छ ब्लग मा समेटेको हुँ ।कृपया अन्नेथा न ठानी दीनु होला ।