Tuesday, February 26, 2008

स्वतन्त्रता





भागीरथी श्रेष्ठ
सुजनस“ग बिहे हुने पक्कापक्की भएपछि सोचे“, म जीवनको महत्त्वपर्ूण्ा र पर्ूण्ा आयामतिर अवतरति हु“दैछु । नया“ फूलझै“ फक्रिएर नया“ फूलबारीमा फुल्न जा“दैछु नितान्त नया“ सुवास लिएर ।
इन्गेजमेन्ट भएको चौथो दिन सुजन मकहा“ आउ“दै थिए, उनी आउने खबर फोनबाट सुनेपछि मनमा मनमोहक र रमणीय अनुभूतिको संसार उघ्रिएको थियो । त्यो संसारमा मैले देेखे“, जीवनका सात खुसीयाली र भावनात्मक रुमानी तीव्रता । उनको आवाजको र्स्पर्श प्रतिध्वनित भइरह्यो मेरो मनको उज्यालो र मुस्कानयुक्त आकाशभर िर मेरो घरको परविेशभर ि। यस्तो लाग्यो मानौ“, उनको आवाज मात्र होइन, उनको शरीर नै सुखद उपस्थित भएको छ, यहा“ र्सवत्र जही“तही“ । सा“च्चै सुजन घर आउनु मेरा लागि बेग्लैखालको मीठो स्वाद र नया“ गन्धको अनुभूति थियो पहिलोपल्ट ।
बुबाआमाहरू काम विशेषले गाउ“तिर इन्गेजमेन्ट भएको भोलिपल्टै लाग्नु भयो । घरमा म, काम गर्ने केटी र भाइ थियौ“ । सुजनका लागि आफ्नै हातले मीठामीठा परकिारहरू बनाउन थाले“, तन्मयभावले । सम्भवतः आजको दिन मेरा लागि सबैभन्दा प्रिय, सुन्दर, आत्मीय, रोचक र सुखद दिन होला ।
आफूलाई विभिन्न खुसीका रङ्गहरूमा चोबल्दै सुजनको प्रतीक्षा गर्न थाले“, घरघिर िझ्याल र बरन्डाबाट बाटोतिर हर्ेर्दै । सुजन मोटरसाइकल घन्काउ“दै आएर मेरो का“धमा हल्का अ“गालो मार्दै 'कस्तो छ आभा -' भनेर मुस्कुराउ“दै सोध्दा मेरो तनमनमा एउटा मीठो झङ्कार छुटेको थियो । लाग्यो, उनको अ“गालोबाट निस्केको त्यो अनौठो, रहस्यमय र स्नेहयुक्त र्स्पर्शले कल्पनातीत आकाशमा कुनै पक्षीझै“ बा“कटे हान्दै उडिरहेछु । हामी जाडोको न्यानो घाममा गफ गर्दै नास्ता खा“दै टीभी हर्ेर्दै रमाउन थाल्यौ“ बैठक कोठामा । बैठक कोठाको वातावरण अत्यन्त रोमाञ्चक थियो ।
अनुभूतिका विभिन्न सुखद र माधर्ुय शृङ्खलाहरू थिए मनभित्र । लाग्यो, बैठक कोठाले पनि सुजनको उपस्थितिलाई स्वागत गर्दै उत्सव मनाइरहेछ । १३ वर्षी तारा बेलाबेला झुल्क्याउन आउ“थी कोठामा, आ“खा तरेर पठाउ“थ“े । मनले कामना गर्‍यो, आजको रमझम र कौतूहलपर्ूण्ा दिन यसरी नै लम्बिरहोस्, रात नपरोस् । अन्धकार नखसोस् । खुसीयालीको माला टा“गिइरहोस् यो कोठाभर ि।
ऊ अर्थशास्त्रको प्रोफेसर, युनिभर्सिटीमा पढाउने बौद्धिक व्यक्तित्व । आफ्नै मिहिनेतले आफ्नो पहिचान बनाएको आमा र एउटी बहिनीसहित सानो परविार । आमाबुबाले मन पराएको मान्छे । एउटी शिक्षित युवतीले बाह्य रूपमा चाहने कुराहरू यिनै थिए ।
सुजनले बिदा भएर जाने बेलामा भने, "आभा तिमीस“ग आफ्ना व्यक्तिगत कुराहरू धेरै गर्नुछ, एकदिन घुम्न जा“दा भनु“ला है †"
सुजनको त्यस दिनदेखि घर आउने क्रम निरन्तर भयो । उनको नियमित आगमनस“गै उनले आफ्नो स्वभाव पनि उदाङ्ग पार्दै गए । बेलाकुबेला आउने, फोन गर्ने, कहिले फोनै नगरीकन आउने, आफ्नै आत्मप्रशंसाका कुराहरू गर्ने । मस“ग पनि चाहिने-नचाहिने अनेक प्रश्नहरू गर्ने र भन्न नसक्दा खिसी गर्थे । भन्थे, "तिमीमा आउट नलेज छैन रहेछ, किताबी ज्ञान भएर मात्र पुग्दैन, सबै कुराहरू जान्नर्ुपर्छ, बुझ्नर्ुपर्छ, बुझ्यौ †"
उनका वाहियात टिप्पणीहरूले अपमानित अनुभव गरे पनि म बोल्दिनथे“ मात्र छक्क पथर्ंर्ेे सशङ्कित हुन्थे“ । इन्गेजमेन्टको डोरीले मलाई र मेरो भावनालाई बा“धिदिएको थियो टमक्क कसेर । म बोल्न सक्तिनथ“े त्यो डोरी चु“डाएर । बाबुआमाको चाहना र इज्जतले सधै“ खबरदारी गथ्र्यो मलाई । सुजनका कतिपय विचार, स्वभाव र व्यवहार चित्त नबुझे पनि प्रस्ट भन्न सक्तिनथे“ म । भित्रभित्र नैराश्य र अनास्थाको प्रहारले जलिरहन्थे“, टुक्रिरहन्थे“ म । सबै व्यवहार मन मारेर नै गररिहन्थे“ म । धेरै फोन आउ“दा न छैन भन्न नै सक्थे“, न त उनी आउ“दा लुक्न नै । लाग्थ्यो, म त गन्तव्यहीन दिशातिर जा“दैछु, जहा“ विश्वासको उज्यालो छैन । अज्ञात दुष्चिन्ताले मनलाई गा“ज्न थालेको थियो । म अज्ञात आशङ्काले गल्दै थिए“ । यी सब असन्तुष्टिहरू बुबाआमास“ग भन्ने आ“ट पनि थिएन ममा ।
एकदिन उनले शनिबार घुम्न जाने प्रस्ताव राखे । उनीहरूस“ग घुम्न जाने कुरामा त्यति धेरै उत्साह र खुसी नभए पनि मनमा कही“कतै आशा थियो, कुनै पनि क्षण भरोसा गर्ने लायकको क्षण आउला कि भन्ने † अफसोच † आजसम्म मेरो अनुकूल र आदर्शको कुनै पनि लक्षण सुजनमा भेटेकी थिइन“ । जेहोस्, उनीस“ग घुम्न जाने मनसाय बनाए“ ।
उनले मलाई लिन आएपछि सोधे“, "आभा पहिले कहा“ घुम्न जाने -" मैले भने“, "खाना खाएका छैनौ“ पहिले पशुपतिनाथको दर्शन गरौ“ न † धेरै दिन भयो दर्शन गर्न पनि जान पाएकी छैन ।" एक्कासि सुजनले अट्टहास गरे र भने, "फिल्म हर्ेन जाने भन्छौ होला भन्ठानेको त मन्दिर पो जाने भन्छौ । भक्तिनी पो रहिछौ । म त पर्ूण्ा नास्तिक मान्छे । कर्मप्रति विश्वास छ, मर्ूर्तिको भगवान्प्रति होइन । मलाई ढुङ्गाको देवतामाथि कुनै आस्था र विश्वास छैन । घरमा मेरी आमा र बहिनीलाई त पूजा गर्न दिन्न“ । घरमा कुनै भगवान्को फोटो र मर्ूर्ति पनि छैन । मन्दिरमा पनि कहिल्यै जान्न“ । भगवान् भनेको त एउटा भ्रम हो, कल्पनाको स्वरूप हो । पण्डितहरूले आफ्नो आजीविकाका लागि रचेको जालझेलको नाटक हो । मन्दिर-सन्दिर जाने कुरा छोड, पहिले रेस्टरा“मा गएर खाने । धेरै कुराहरू गर्नुछ । म त कडा पो छु, मैले भनेको त मान्नर्ैपर्छ ।"
उनको कुरा सुनेर म नराम्री आतङ्कित भए“ । उनको अशिष्टता, अभद्रता र जिद्दीपनले अतिक्रमण गर्दै थिए । उफ † म के सुन्दैछु सुजनबाट - विचित्रकै स्वभावका रहेछन् । यस्तो जिद्दीवालस“ग के जीवन बिताउन सकिएला र - उनको भगवान्प्रतिको नकारात्मक टिप्पणीहरू सुनेर म त खन्द्रयाङ्खुन्द्रुङ भए“ । यस्तो नास्तिकस“ग कसरी कुरा मिल्छ - म पर्ूण्ा आस्तिक नारी । भगवान् छ त मान्छेको अस्तित्व छ, भगवान्को अस्तित्व छैन भने मान्छेको अस्तित्व कसरी सम्भव छ - मान्छेको अस्तित्व हुनु नै भगवान् हुनुको ठोस प्रमाण हो । कसैको भावना र आस्थाको केन्द्रमा आक्रमण गर्नु के जायज हो † बल र करले मान्छेलाई आफ्नो आस्थाबाट पन्छाए पनि उसको भावनात्मक परविर्तन गर्न संसारको कुनै शक्तिले सक्दैन । मनमा रन्को छुटेर आयो तर सबै पिइरहे“ ।
कस्तो घमण्डी मान्छे † कति अहम्वादी मान्छे †† कति आत्मप्रपञ्ची मान्छे ††† अर्काको भावनालाई सम्मान गर्नुपर्छ भन्ने पटक्कै नबुझेको । मनमा बाक्लि“दै गए उनीप्रतिका वितृष्णा र अनास्थाका बादलहरू । उनीस“ग रेस्टुरा“मा गएर खाने इच्छा मरे पनि तत्कालै कुनै प्रतिक्रिया देखाइन“ । लाग्यो, अब मैले गहिरएिर सोच्नर्ुपर्छ । अझै खोतल्दै जानर्ुपर्छ उनका अन्तरकुन्तरहरू । मनमा औडाहा छुटे पनि उनीस“ग मोटरबाइकमा बसेर किङ्सवेको नाङ्लो रेस्टुरा“मा गयौ“, लाग्यो म र मेरो मन चट्टानमा ठोक्कि“दै टुक्रिएर छर“िदैछ । रेस्टुरा“मा खाना खा“दै उनले भने, "घरमा त मेरै रुचि अनुसार खाना बनाइन्छ, सबै कुराहरू मेरै निर्देशन र इच्छा अनुसार चल्छ । मेरो इच्छाविरुद्ध घरमा केही काम हु“दैन ।" रेस्टुरा“मा आफ्नै इच्छा अनुसार खाना अर्डर गरेका थिए उनले ।
परविारमा आफ्नो मात्र कुराहरू सही हुन्छन् भन्ने कुरा कसरी सोच्न सकेका - सबैका आ-आफ्ना रुचि र मूल्यहरू हुन्छन् नै † उनका कुराहरू मेरो स्वभावका लागि आगोको रा“कोजस्तै प्रतीत भयो । कुन युगको मान्छे हो सुजन - चाहनालाई पनि बुझ्नर्ुपर्छ भन्ने थाहा छैन - कति अप्ठ्यारो र जटिल मान्छे । कति जबरजस्त मुढ मान्छे । खाना खाइसकेपछि सुजनले आफ्ना जीवनका अनावश्यक सर्न्दर्भहरू र घटनाहरू ओकल्न थाले, जुन कुरा सुन्न चाहन्नथे“ म ।
"हेर आभा † मजस्तो योग्य लोग्ने पाएकामा तिमी त भाग्यमानी रहिछौ । बिहे हुनुभन्दा पहिला म आफ्ना जीवनका दुःखद भोगाइहरू बा“ड्न चाहन्छु । यो स्थानसम्म आफूलाई ल्याउन मैले जीवनका सुरुआती दिनमा धेरै दुःखका ज“घारहरू तर्नुपर्‍यो । मेरा बुबा रक्सीमै डुबेर गैरजिम्मेवार भएर चा“डै बित्नुभयो । आमाले ट्युसन पढाएर मलाई र बहिनीलाई हर्ुकाउनुभयो । आमालाई म मान्छु । मैले पनि ट्युसन पढाउ“दै एमएमा प्रथम श्रेणीमा उत्तर्ीण्ा भए“ । आफ्नै मिहिनेतले र प्रतिभाले युनिभर्सिटीको लेक्चरर भए“ । घर बनाए“ । तर, आजसम्म गतिलो घडी र गतिलो सुट लगाएको छैन । यो भन्नुको अर्थ मैले दाइजोको लोभ अथवा 'डिमान्ड' गरेको होइन । ससुरालीको लोभ पनि होइन । मैले आफ्नो स्थिति मात्र बताएको हु“ । त्यसो त तिमी पनि सम्पन्न परविारकी एउटी छोरी हौ नि † ग्य्राजुएट गरेकी छौ । नोकरी गछ्र्यौ । अ“ तिमीलाई अर्को कुरा पनि भन्छु, मलाई फजुल खर्च मन पर्दैन, हिसाब-किताब गरेर खर्च गर्छर्ुु बिहे हुनुभन्दा अघि सबै कुरा तिमीलाई जानकारी दिन मन लाग्यो ।"
सुजनको कुरा सुन्दासुन्दा म त अर्कै किनारामा पो पुगेछु, उनीबाट टाढा, निकै टाढा । उनको कुराले मात्र होइन, सामीप्यले पनि रनाहामा परे“ म । न त मैले उनमा जीवनको सुगन्ध नै भेटाए“ । न त जिउने सुन्दर कला नै । आफ्नो पुरुषत्वको एउटा गौरवमय अस्तित्व पटक्कै छैन उनमा । अप्रत्यक्ष लोभका प्रतिविम्बहरू मैमत्तेपनका आभासहरू मात्र छन् । उनले आफ्नो मर्यादा र शिष्टताका सीमारेखाहरू सुरुदेखि खोस्र“दै गएर अन्त्यमा पर्ूण्ारूपमा भत्काए ।
मेरो चाहनाको कुनै पनि रङ्गस“ग उनको रङ्ग मिलेन । म सम्पर्ूण्ा रूपले उनको जीवनबाट किनारा लागे“ । सोचे“ आफ्नो मनले नखाएको व्यक्तिस“ग बिहे गर्नु पनि आफ्नै अपमान हो, आफूलाई गलत दिशातिर डोर्‍याउनु हो ।
यो क्षण मेरा लागि आपतकालीन क्षण थियो ।
सोच“े, मैले आफ्नो हृदयको आवाज सुन्नर्ुपर्छ, सुनाउनर्ुपर्छ । गम्भीर, स्पष्ट, दृश र विनम्र भएर भने“, "आजसम्म तपाईंका विचारहरू सुन्दै आएकी छु । मलाई लागिरहेछ, तपाईंको कुरा सुन्द सुन्दा म तपार्इंको विचारको कैदी बन्दै गइरहेकी छु । मेरो निजत्व र अस्मितामाथि आक्रमण हु“दैछ । तपाईंप्रति मेरो कुनै द्वेष र गुनासो छैन । मलाई माफ गर्नुहोला † म तपाईंस“ग बिहे गर्न अर्समर्थ छु । म आफ्नो यति विचार भन्छु, म कसैको यति सङ्कुचित इसारा र बन्धनमा बस्ने स्वास्नीमान्छे होइन । मेरो यो आफ्नो अन्तिम निर्ण्र्ााहो । बदल्न सक्तिन“ ।"
मैले वरपिर िकसैको कुरा पनि सुनिन“, कसैलाई देखिन“ पनि । मभित्र खै कस्तो शक्तिको स्रोत बग्दै थियो कुन्नि, मेरो आवाज मात्र गुन्जिरह्यो मभित्र । मेरो शक्तिले उठाइरहेको थियो मलाई । सुजन थिए स्तब्ध, अवाक् र मौन । म काउन्टरमा गएर पैसा तिरेर बाहिर आए“ । फर्केर पनि हेरनि“, न त सुजन नै मलाई रोक्न आउन सके । मेरो जीवनको गहु्र“गो र अरूचिपर्ूण्ा नाटकको पटाक्ष्ँेप भएको थियो । म अब बिलकुल सुजनबाट स्वतन्त्र र मुक्त भएकी थिए“ । म आफ्नो विचारका लागि मुक्त भएको थिए“ ।
NOTE :- मैले अफुलाई मन परेको लेख रचना हरु लाई,अफुलाई सजिलो सँग उपलब्ध होस भन्ने हेतुले मेरो यो तुच्छ ब्लग मा समेटेको हुँ ।कृपया अन्नेथा न ठानी दीनु होला ।

No comments: