Wednesday, February 27, 2008

मित्र लाई पत्र

प्यारो मित्र ..............मा म दुखी मित्र को तरफ बाट अनगिन्ती सम्झना का कोशेलिहरु .....................मित्र हुन सक्छ तपाईं म देखि धेरै रिसाउनु भयो होला । के गर्नु प्रदेश को ठाउँ यस्तै रहेछ । जती बेला जहाँ जाउ भन्छ जानु पर्दो रहेछ । आफ्नो देश मा बेरोजगारी भएपछी बिदेशिनु पर्‍यो । बिदेशिन त कसलाई नै मन लाग्छ र ? सधैं आफ्नै सङ्गीहरु सग रमाइलो गरी बस्न मन लाग्छ । आफ्नै गाउको पाखा पखेराहरुमा सुशेली बजाउदै हिंड्न मन लाग्छ । तर के गर्नु दिनहरु यसरी नचल्दो रहेछ । केहि गर्नु पर्दो रहेछ र केहि गर्नको लागि केही गुमाउनु पर्दो रहेछ । त्यसैले आज म आफ्नो सङ्गी को माया, पाखा पखेराहरु क माया गुमाउदै परदेशिनु परेको छ । ति हरिय डाडा-काडा, ति पाखा-पखेरुहरु, कल कल निरन्तर बगी रहेको त्यो नदिहरु, छम्-छम गरी झरि रहेका ति झरनाहरु सम्झिदै आज मरभुमि को देशमा आफ्नो पसिना बगाउनु परेको छ । । के गर्नु ति रमाइला पाखा-पखेरुहरु, नदि-नालाहरु र ति झर्नाहरु सम्झदा आँखाबाट आशु बर्षन्छ । हुन सक्छ मित्र आज सम्म मैले जानी न-जानी तपाईं को मुटु माकुनै चोट पुराए होला । यसमा म तपाईं सामु माफ माग्छु र एउटा असल मित्र को नाताले माफ दिन पनि अनुरोध गर्छु । आज म मेरो आफ्नो ब्लगमा केही कुराहरु लेखेको छु । आशा छ हजुर ले पढि दिनुहुने छ भनेर । मलाई थाहा छ मित्र सधैं हासि-हासी कुरा गर्ने साथी एक्कासी बेपत्ता हुँदा मुटु मा कस्तो पिडा हुन्छ भनेर । सधैं कुरा गरी रहेको साथी एक दिन कुरा गर्न नपाउदा र एक पल देख्न नपाउदा कस्तो पिडा हुन्छ , त्यो छेणिक समय पनि कति लामो हुन्छ भनेर र् कति उकुस् - मुकुस् हुन्छ है र त्यो पल बिताउन पनि । अहिले त यो के नै हो र मित्र ? भाविको दिनहरुमा के कस्तो बाधा र अडचनहरु आउने हो र के हुने हो त्यो त देख्न बाकी नै छ । त्यसैले त्यस्तो बाधाहरु आउन नदिनको लागि मित्रता प्रती बिश्वास गर्नु पर्‍यो, मित्र को भावनाहरु बुझिदिनु पर्‍यो र कहिले पनि अबिश्वास मह्सुस् गर्नु भएन । हुन त यो सबै परस्थितीहरु हुने नहुने भनेर भाग्य मा नै लेखेको हुन्छ । भाग्य मा जस्तो लेखेको छ त्यो त भोग्नु नै पर्छ । आज हामी जुन ठाउँ र स्थिती मा छौ त्यो कायमै पनि हुन सक्छ, यो भन्दा बढी नजिकन पनि सक्छौ र पछी गएर आफु-आफुमा अन्जान पनि हुन सक्छौ । तर जस्तो सुकै ठुलै बाधा र अडचनहरु आइ परेता पनि म तपाईं को माया भुल्ने छैन । म तपाईं को माया पाउन ति बाधाहरु सग सामना गर्नेछु । यदि तपाईं ले साथ दिनु भयो भने। यदि जीवन मा तपाईं म देखि टाढा भएपनि म बाट तपाईं प्रती त्यती नै माया हुनेछ जुन अहिले छ । तपाईं को हर पाइलाहरु सफलता को शिखर चुम्न सकुन र तपाईं को जीवन मा मलाई जस्तो कुनै बाधाहरु नआउन भन्ने कामना पनि दिन्छु र दिइरहनेछु । ल त मित्र अरु के नै लेखु र । म बाट तपाईं प्रती कहिले पनि मित्रता को माया कमि हुने छैन र कम पनि नसम्झ्नुस् । म जती नै टाढा भए पनि म बाट त्यती नै माया रही रहने छ र अन्त मा तपाईं को जीवनमा सफलता को लागि भगवानसग बारम्बार प्रथाना गरी रहने छु । उहि तपाईं को दुखी मित्र ...........

No comments: